गीतकार/संगीतकारहरूलाई राज्यले सम्मान गर्न सकेन : नेता पौडेल

Pradip_Paudel
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्। स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताए।

काठमाडौं क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नुपर्ने बताए। मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनुपर्ने उनको भनाइ थियो।

उनले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए। गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गरे। सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्