काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। विभागका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध समेत गरेको छ।