फिफा विश्वकप फुटबल : आज दुई खेल हुँदै

fifa-worldcup
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ। मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका थिए। दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन्।

अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। प्रि–क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यो खेल राति पौने १ मा हुनेछ।पोर्चुगल समूह ’एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्