लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो

dang deukhuri
लोकपाटी न्यूज
5 Shares

दाङ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ। अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो। मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गएराति दाङ ल्याइएका हुन्।

मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान ३ वटा ट्रकमा दाङ ल्याइएको हो। दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वति माविमा सारिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय, आवास गृह र मुख्य सचिवको कार्यालय निर्माण कार्य भएको थियो।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आगामी आइतबारदेखि मुख्यमन्त्रीको कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ। बुटवलस्थित अस्थायी मुकाम बन्द गरिएको छ। यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको छ। आज (मंगलबार) राजधानी व्यवस्थापन मुल समितिको बैठक बस्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्