
काठमाडौं। कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। अन्य ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो।
मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन्। कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ। पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन्।