
काठमाडौं। कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन्।
रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो।
विशेष सूचनाको आधारमा सोमबार राति उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।