ढुक्क हुनुस्, काँग्रेस एकढिक्का हुन्छ : कोइराला

shekhar_koirala
लोकपाटी न्यूज
6 Shares

विराटनगर। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन्। काँग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा उनले सरकार गठनको विषयमा चिन्ता गर्न आवश्यक नरहेको बताए।

कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आवश्यक देख्दिनँ। त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ।’ उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने पनि बताए। ‘तपाईंहरु ढुक्क हुनुस्। काँग्रेस एक ढिक्का भएर अघि बढ्छ,’ कोइरालाले भने।

उनले काँग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने बताए। उनले युवाहरूलाई सही बाटोमा हिँड्न आग्रह गरे। विचारमा आबद्धहरू एक ठाउँ बस्ने गरेको तर विभाजन भएपछि अवसरवादीहरूले ठाउँ पाउने गरेकाले पार्टीलाई एक ढिक्का बनाउने कोइरालाले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्