पिएफसी इमर्जिङ कपको क्वार्टरफाइनल खेल सकिए

लोकपाटी न्यूज
4 Shares

भरतपुर। पश्चिम चितवनमा जारी ‘पिएफसी इमर्जिङ कप ( २०७९’ को क्वार्टरफाइनल खेलहरू सकिएका छन्। मंगलबार सोमेश्वर माध्यमिक विद्यालय र आदिकवि भानुभक्त माध्यमिक विद्यालय विजयी भए सँगै क्वार्टरफाइनलका खेलहरू सकिएका हुन्। सोमेश्वर माध्यमिक विद्यालयले नारायणी नमुना माध्यमिक विद्यालयलाई २/१ र आदिकवि भानुभक्त माध्यमिक विद्यालयले सनराइन स्कुललाई पेनाल्टीमा ३/२ ले जित हासिल गरेको थियो।

सोमबारको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १-० र सोनाम जीव एकेडेमीले ब्राइटस्टार आवासीय मावि पटिहानीलाई २-० ले हराएको थियो। बिहीबार हुने सेमिफाइनल खेलमा अमर मावि र आदिकवि भानुभक्त मावि तथा सोनाम जीव एकेडेमी र सोमेश्वर माध्यमिक विद्यालयले फाइनलको लागि प्रतिस्पर्धा गर्ने छन्।

भरतपुर १४ को सुन्दरवस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए।

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रथम हुने टिमले ४० हजार, उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। पौडेलका अनुसार सेमिफाइनल पुग्ने दुई टिमलाई नगद पाँच-पाँच हजारसहित अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्