प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

Prachanda
लोकपाटी न्यूज
5 Shares

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण पेस गरेका छन्। प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार प्रचण्डले निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाका अनुसार प्रचण्डको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत् निर्वाचन खर्च विवरण पेस गरिएको हो। सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको प्रचण्डले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख गरिएको छ।

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्