नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

cricket-team
फाइल तस्बिर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ।

नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो। नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए। उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन्।

त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए। जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए। लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडए।

नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे। त्यस्तै सागर ढकालले १ विकेट हात पारे। अहिले नेपाल जवाफी ब्याटिङ उत्रएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्