आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश-१ का पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ।

बिहिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ। बिहिबार राति भने प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा आंशिक बदली हुनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्