काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार मंसिर २३ गते शुक्रबार दिउँसो ३ बजे कोटेश्वरमा बैठक बोलाइएको हो।
संसदमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको यो पहिलो पटक हो। पहिलोपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा तीन सिट जितेको छ।