४ सयले बढ्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर एक हजार तीन सय ६० तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्