नेपाल स्कटल्याण्डसँग पराजित

un 19 cricket
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए। त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे। नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए। क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए। विभिन्न सात टोली सहभागी विश्वकप लिग दुईमा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल भने २४ खेलमा १८ अंकसहित छैटौं स्थानमा छ।

प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अंक बाँडेको थियो। दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासङ ८६ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्