आजदेखि मेलम्चीको पानी वितरण

Melamchi
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ। गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो। खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नेछन्।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौं भण्डार केन्द्रका लागि पानी छोडिएको छ। उनले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्