बैतडीमा जिप दुर्घटना, एकको मृत्यु

accident_
लोकपाटी न्यूज
3 Shares

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। डडेल्धुराको अनारखोलीबाट ठूलीखाली गइरहेको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसिलीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय तेजबहादुर साउँद रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ।

जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्