काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ। सचिवालयको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुनेछ। समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेको एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने भएको छ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो।