काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेशसभातर्फ समानुपातिक सांसद बन्नेहरूको नाम टुंगो लगाएको छ।
लोसपाले मधेश प्रदेशमा मधेशी महिलातर्फ रुपा कुमारी यादव र मधेशी अल्पसंख्यक महिलातर्फ रमिता प्रधान छनोट भएका छन्। लोसपाले लुम्बिनी प्रदेशमा खस आर्य महिलातर्फ हेमा बेल्वासे केसीको नाम टुंग्याइएको छ।
मंसिर ४ को निर्वाचनमा लोसपाले मधेश प्रदेशमा सात र लुम्बिनी प्रदेशमा एक सदस्य प्रत्यक्षतर्फ जितेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपा समानुपातिकको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी हुनबाट भने वञ्चित हुन पुग्यो।