काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। शुक्रबार कोटेश्वरको एक होटलमा बसेको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो।
जसअन्तर्गत मधेस प्रदेशमा रामचन्द्र चौधरी (बारा), लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) रहेका छन्। त्यस्तै सुदूरपश्चिममा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता चौधरी (कैलाली) रहेका छन्।
रेशम चौधरी चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्न असफल भए पनि प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित चार सिट जितेको छ।