ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

TiTe-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४/२ ले पराजित हुँदै बाहिरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।

सन् २०१६ मा ब्राजिलको प्रशिक्षक बनेका टिटेले २०१९ मा ब्राजिललाई कोपा अमेरिका जिताएका थिए। उनले कतार विश्वकपपछि पद छाड्ने गत फेब्रुअरीमै घोषणा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्