
काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ। बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ। हिजा शुक्रबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।