काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सधैं आवश्यक रहेको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।
मुलुक अहिले पनि जटिल राजनीतिक मोडमा रहेको भन्दै राजनैतिक स्थायित्व प्रदान गर्नु पहिलो आवश्यकता रहेको बताए। जनताको सुशसान प्रतिको चाहना पूरा गरेर अगाडि बढ्नुपर्ने समेत सिंहले बताए।
सिहंले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने दाबी गरे।
यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेकोप्रति आफू गम्भीर रहेकोले अबका दिनमा नागरिकको खबरदारसँगै अगाडि बढ्ने बताए। उनले आफ्नो विगतको संसदीय कार्यकालमा, आफ्नो क्षेत्र काठमाडौं १ को विकासमा उल्लेख्य योगदान गरेको दाबीसमेत गरे।