काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले समानुपातिक सांसद चयन गर्दा पार्टीले दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। समानुपातिक सांसद चयन गर्न पार्टी कार्यालयमा बस्दै गरेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेका उनले सो कुरा बताएका हुन्।
केसीले ती समुदायको प्रतिनिधित्व हुन नसक्ने हो भने समावेशी संरचनाको जुन उद्देश्य हो, त्यसले विभिन्न समुदायमा पर्ने राजनीतिक असर र प्रभावबाट पार्टीलाई ठूलो घाटा हुने चेतावनी दिए। निर्वाचन आयोगले शनिबार ४ बजेसम्म समानुपातिक सांसदको सूची पेश गर्न दलहरूलाई भनेको छ।