कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन

congress meeting kendriye
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई विशेष अधिकार दिइएको छ।

शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन नसकेपछि देउवालाई विशेष अधिकारी दिएको हो।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ। कार्यसम्पादन समितिको बैठक लगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन्। दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्