अर्थतन्त्रको विकासमा खेल क्षेत्रको ठूलो भूमिका हुन्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन्। शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले खेल युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए। उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको क्षेत्रमा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए। उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताए।

प्रचण्डले भने, ‘मैले आफ्नो जीवनमा पहिलो पटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु। म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ। भर्खरै नेपालमा नवौं राष्ट्रिय खेलको आयोजना भयो। त्यसमा पनि रग्बीलाई एउटा खेलको रुपमा प्रतियोगितामा सामेल गरिएको थियो। खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ। यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ।’

उनले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्त्वपूर्ण योगदान रहने बताए। नेपाल खेलको लागि असाध्यै महत्त्वपूर्ण स्कोप भएको देश भएको प्रचण्डको भनाइ छ। हाम्रा प्राकृतिक विषमता छन्, तराई, हिमाल, पहाडी भूभाग छन्, यहाँ विश्वका सबै खालका खेल खेल्नका लागि नेपाल उपयुक्त छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्