काठमाडौं। आज आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झरेको छ। यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ।
आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौं उपत्यकासहित दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ। मौसम पूर्वानुमान महाशाखाका तथ्याङकनुसार तापक्रम घट्दै जाने भएकाले थप चिसो बढ्ने जनाएको छ।
महाशाखाका अनुसार देशका तराई, पहाड र हिमाली क्षेत्रमा हुस्सु र कुहिरो लाग्न थालेको छ। यो सँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।