क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्म पुग्यो : प्रधानमन्त्री देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरेका छन्। राजधानीमा आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताए। उनले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गरे। सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरु गर्नुपर्ने समेत उनले बताए।

 सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन पनि आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्