अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

Vallyball
लोकपाटी न्यूज
4 Shares

बैतडी। आजदेखि बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ। तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्