स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। कीर्तिपुरमा स्कुलबसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। आज शनिबार बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपचारका क्रममा बयोधा अस्पतालमा उनको मृत्यु भएको बताए। बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्