कर्मचारीलाई मन्त्री चौधरीको प्रश्न : काममा ढिलाइ गर्दा कमिसन बढ्छ ?

metmani
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसरो अनुगमन गरेका शहरीमन्त्री चौधरीले पुनः तीनै संरचनाहरूको अनुगमन सुरु गरेका छन्।

शनिबार भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्।

‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे।

‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर।’

‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्। मैले के गर्नु पर्‍यो मलाई भन्नुस्,’ मन्त्रीको जवाफ थियो। त्यसलगत्तै शहरीमन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए।

त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने। सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्