माओवादीहरू अरूभन्दा फरक देखिनुपर्छ : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई अहिले पहिचानको संकट परेको बताएका छन्। आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकमा उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औँल्याए।

प्रचण्डले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण-व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको प्रस्ट पारे। ‘अहिले माओवादी आइडेन्टिटी क्राइसिसमा छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो। आज अरू दल र माओवादीमा केही फरक देखिएन।’

उनले क्षेत्रीय राष्ट्रिय परिस्थिति अनुसार एउटा आचारसंहिता बनाएर त्यसअनुसार पार्टीमा बस्न पाउने व्यवस्थाको जरुरी रहेको औँल्याए। आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकालाई मात्र यो संगठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनको भनाई थियो। उनले जनयुद्धको जस्तै पार्टीलाई राष्ट्र जनतामा समर्पित शक्ति बनाउनु आवश्यक रहेको बताए।

‘हामीले हिजो जस्तै राष्ट्र र जनताप्रति समर्पित शक्ति बनाउन सक्छौँ त ?,’ उनले भने, ‘अहिले हामीलाई ‘आइडिन्टिटी क्राइसिस भएको छ। हामीलाई पहिचानको समस्या हुन थालेको छ। हामीले आफ्नो पहिचान सु-स्पष्ट गर्न सक्नुपर्ने चुनौती आएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्