रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्यायो अध्यादेश

Resham_chaudhary
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो।

सरकारसँग निरन्तर वार्तामा रहेका चौधरी, विप्लवका कार्यकर्तालगायतलाई आममाफी दिने कानुनी बाटो बनाउन अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनीहरूमाथि लागेका मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको ति मन्त्रीले बताए।

यो अध्यादेश जारी भएपछि टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका चौधरीलाई कानुनी रूपमै आममाफी दिन बाटो खुल्नेछ। यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन पनि यसले सहयोग पुग्ने छ। यस्तै सिके राउतका कार्यकर्तामाथि लगाइएको मुद्दा पनि फिर्ता लिन सहयोग पुग्ने जनाइएको छ।

हालै सम्पन्न चुनावमा स्पष्ट बहुमत नपाएको सत्ता गठबन्धनलाई सहयोगका लागि चौधरीले माफी पाउनुपर्ने नागरिक उन्मुक्ति पार्टीले सर्त राखेको थियो। अब त्यो सर्त पूरा हुने भएको छ।