मन्त्री अथक र एसिया रग्बीका अध्यक्ष धलाइबीच भेटवार्ता

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक० र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटवार्ता भएको छ। बिहीबार नेपाल आएका धलाइले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको थियो। नेपालमा रग्वी खेलको विकासकालागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री अथकले विदेशी एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सहज हुने विश्वास व्यक्त गरेका थिए।

भेटमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै पूर्वाधार तथा रग्बी खेलको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबारदेखि दशरथ रंगशालामा सञ्चालन भएको दुई दिने यु-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ बिहीबार नेपाल आएका आएका हुन्। नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्