सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको हो। महासंघले आजको कारोबार मूल्य तोक्दै तेस्रो दिनपछि सुनको भाउमा सामान्य गिरावट आएको जानकारी दिएको हो।

आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २०० रूपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ७०० रूपैयाँ छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो।

महासंघका अनुसार लगातार तेस्रो दिनदेखि सुनको मूल्य बढिरहेको थियो। गत साताको बिहीबारदेखि उकालो लाग्न थालेको सुनको भाउ हिजो आइतबार पनि बढेको थियो। बिहीबार तोलामा ४००, शुक्रबार तोलामा ६०० र आइतबार तोलामा २०० रूपैयाँले मूल्य बढेको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघले चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँ गिरावट आएको जनाएको छ। यससँगै, चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्