प्रदेश १ लोकसेवा आयोगले माग्यो ६ सय ७ स्वास्थ्यकर्मी

Loksewa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रदेश १ लोकसेवा आयोगले ६ सय ७ जना स्वास्थ्यकर्मी माग गरेको छ। विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ।

गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो। माग गरिएका पदहरुमा हेल्थ असिस्टेन्ट पाँचौं तहको १७३ जना, पाँचौ तहकै स्टाफ नर्स ३० जना, अहेब चौथो तहका लागि २०२ जना, चौथो तहकै लागि अनमी १९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग गरेको हो।

Capture_1_

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्