प्रदेश प्रमुख खापुङद्वारा हाजी आँखा अस्पतालको उद्घाटन

लोकपाटी न्यूज
5 Shares

विराटनगर। प्रदेश-१ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले शरीरका अंगमध्ये आँखा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्। विराटनगर उपमहानगर-१४, रानीस्थित हाजी आँखा अस्पतालको उद्घाटन गर्दै प्रदेश प्रमुखले सो कुरा बताएका हुन्।

यस्ता अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुने प्रदेश प्रमुखको भनाई थियो। हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरू लाभान्वित बन्ने कुराले आफू हर्षित भएको प्रदेश प्रमुख खापुङले बताए।

विशेष अतिथि रहेका प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर, नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्