जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

accident_
लोकपाटी न्यूज
9 Shares

जाजरकोट। जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्