
काठमाडौं। मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको २० मंसिरमा बसेको बैठकले सो निर्णय गरेको हो।
थारू र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।
आयोगका अध्यक्ष दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारू र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय भएको हो।