काठमाडौं। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
मध्य पहाडी सडक खण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका-५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२-००१च०४२९ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।