यो मेरो अन्तिम विश्वकप हो : मेस्सी

Messi pic 1
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। उनले शानदार तरिकाले विश्वकपलाई बिदा गर्न पाउँदा खुसी लागिरहेको पनि बताए।

‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु। यो वास्तवमा निकै सुखद छ। यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो।अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो।

अर्को विश्वकप आउन अझै लामो बाटो छ। म त्यति लामो समयसम्म खेल्न सक्छु जस्तो लाग्दैन। यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो,’ मेस्सीले खेल सकिएपछि भनेका छन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्