काठमाडौं। साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको हो।
अल बायत रंगशालामा सम्पन्न खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ७९ औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए।
जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ। अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले अब तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ।