महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छ : बालेन

Balen_Shah
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्ने बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनः जागरण गर्न लागेको बताएका हुन्।

बालेनले उपत्यका भित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए। काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा उनको जोड छ। उनले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए। मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने उनको भनाइ छ।

‘हाम्रो संस्कृतिहरूलाई कसरी पुनर्जागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरूलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरूलाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरूलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरू पनि राख्यौं,’ बालेनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्