प्रचण्डलाई भेट्न पुगे बलिउड अभिनेता विवेक ओबराय

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। बलिउडका चर्चित अभिनेता विवेक ओबरायले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डलाई भेटेका हुन्।

अध्यक्ष प्रचण्डलाई भेट्न विवेक बुबा सुरेश ओबराय तथा परिवारका अन्य सदस्यसहित पुगेका थिए। उनका बुबा सुरेश पनि बलिउडका चर्चित अभिनेता हुन्। बिदा मनाउन परिवारसहित बुधबार साँझ काठमाडौं आइपुगेका विवेक बिहीबार बिहान पशुपति पुगेर पुजाअर्चना गरेका थिए।

त्यस्तै उनी परिवारसहित चन्द्रागिरि पुगेका थिए। नेपाल रहँदा उनीहरूले पोखरा, लुम्बिनी लगायत ठाउँमा घुम्ने कार्यक्रम रहेको जनाइएको छ। ओबराय परिवार १० दिनसम्म काठमाडौंमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्