बदर मत २०४८ यताकै बढी

mat-ganana
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयो गले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन।

२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो।

जिल्लागत आधार मा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक नै आयो , कारण खोतल्न सके का छै नौ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन्।

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो। प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्