बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

accident_
लोकपाटी न्यूज
5 Shares

धनगढी। कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ६ ख ६५२१ नम्बरको यात्रुबहाक बसले महेन्द्रनगर राजमार्गको सुडा क्षेत्रमा साइकलमा गइरहेका विद्यार्थी वैद्यलाई ठक्कर दिएको थियो।

वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

बैतडी सुर्नया घर भएका बसका चालक सन्तोष ऐर प्रहरी नियन्त्रणमा छन्। दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्