डा.पंकजलाई छुटाउन नेहाका ससुराले हाले अदालतमा मुद्दा

pankaj-neha-pic
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। पक्राउ परेका डा. पंकज चौधरीका बुवा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन्। बिहीबार दिउँसो स्वयं अदालतमा हाजिर भई उनले पंकजलाई थुनामुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन्।

घरेलु हिंसा गरेको आरोपमा नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका हुन्। पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेहाले ससुरा रामप्रवेशसँगै ६ जनालाई विपक्षी बनाएकी छन्। तर, एकजना मात्रै पक्राउ छन्। महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन्। नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा प्रदर्शन गरेकी थिइन्। पालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्