काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ। आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ।
कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर संसद्को पहिलो ठूलो दल बनेको छ। संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसमा संसदीय दलको नेता बन्न धेरैले आकांक्षा राखेका छन्।