काठमाडौं। सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको छ। भिजिट भिषामा गायिका राउत अमेरिकामा सांगीतिक कार्यक्रम गर्न पुगेकी थिइन्। इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा सांगीतिक कार्यक्रम गर्न नमिल्ने भन्दै राउतलाई फर्काएको हो।
गायिका राउतलाई सांगीतिक कार्यक्रम गर्न भिजिट भिषामा नभएर पफमेन्स भिषामा हुनुपर्ने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको हो। नेपाली युवा पप गायिकाको रूपमा चर्चित राउतको ‘चौबन्दीमा पटुकी’, ‘सालको पात टपरी’ ‘झुम्के बुलाकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन्।