एमाले प्रतिपक्षमा बस्छ : पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन्। एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’

उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए। उनले पर्वतबाट निर्वाचित सांसदहरूलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गरे।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्