
काठमाडौं। साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले बढेर एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोलामा एक लाख रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार १० रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।